महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतना मूलक कार्यक्रम गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने नारासहित बैंकले सरसफाई अभियान सञ्चालन गरेको हो ।
सरसफाईमा काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठ पनि सहभागी थिए । दरबारमार्ग स्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधि लगायत सहभागी थिए ।