बैंकर संघका अध्यक्ष भन्छन, कर्जाको ब्याजदर उच्च होइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 12:51:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकको सुपरीवेक्षकीय भूमिका दक्षिण एशियामा नै उत्कृष्ट भएको बताएका छन। राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सबको अवसरमा बोल्दै ढुंगानाले राष्ट्र बैंकको नियमन दक्षिण एसियामै उत्कृष्ट भएको बताएका छन। 

नियामकको मात्रै नभई बैंक वित्तीय संस्थाहरुको लागि कुशल र असल अभिभावकको भूमिका पनि खेलेको भन्दै अध्यक्ष ढुंगानाले राष्ट्र बैंकको प्रशंसा गरे। दक्षिण एसियाका राष्ट्रहरुले नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) लागू गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले नेपालमा सफल रुपमा लागू गरेको बताए। 

त्यस्तै नेपाल बंगालदेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले नेपालमा ५ प्रतिशतको मुल्यवृद्धि भएको अवस्थामा बैंकहरुले लिने १२-१३ प्रतिशतको ब्याजदर उच्च नभएको बताएका छन। पछिल्लो समय व्यवसायीहरुले बैंकहरुको ब्याजदर उच्च भएको भन्दै सरकारलाई ब्याजदर कम गर्नलाई सुझाब दिंदै आएका छन। 

बैंक वित्तीय संस्थामा लगानी योग्य रकमको अभाबले निरन्तरता पाएको बताउदै ढुंगानाले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यसको समाधानको उपाय खोज्नु पर्ने बताए। बार्षिकोत्सबको अवसरमा खुलेरै राष्ट्र बैंकको प्रशंसा गरेका ढुंगानालाई राष्ट्र बैंकको छायाँ गभर्नर समेत भन्ने गरिन्छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved