प्रभु Prabhu Bank Limited ले एक्सटेन्सन काउन्टर कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्सटेन्सन कार्यालयको उद्घाटन विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय प्रमुख प्रेम प्रसाद संजेलले गरेका हुन् । यस एक्सटेन्सन कार्यालय मार्फत बैदेशिक रोजगारीमा जाने सेवाग्राहीले श्रम स्वीकृति वापतको शुल्क तिर्न सक्नेछन् ।