प्रदेश नंं १ मा माछापुच्छ्रे बैंकका थप ४ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 03:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले प्रदेश नंं १ मा थप ४  वटा शाखा बिस्तार गरेको छ । बैंकले सुनसरी र झापा जिल्लामा शाखा थपेको हो ।

बैंकले मंगलबार सुनसरीको इनरुवा नगरपालीकास्थित इनरुवा र बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहिबार झापाको भद्रपुर नगरपालिका १० मा चन्द्रगढी र मेचीनगर नगरपालिकास्थित काँकरभिट्टामा शाखा बिस्तार गरेको हो  । 

बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा थपेकोे हो । 

बैंकले देशभरका ११० वटा शाखा, ११२ वटा शाखारहित बैकिङ्ग सेवा र १२९ वटा एटीएमबाट सेवा प्रवाह गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved