लघुवित्तलाई मर्जरमा जान १ महिने अल्टिमेटम, गभर्नर भन्छन: पछि रुन पाइदैन'

विजय पराजुली

विजय पराजुली

Jun 14, 2019 | 11:01:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले लघुवित्तहरुलाई मर्जरका लागि अहिलेनै उपयुक्त पार्टनर खोज्न निर्देशन दिएका छन। राजधनीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले मौद्रिक नीति आउँन एक महिना बाँकी छंदै उपयुक्त पार्टनर खोजेर मर्जरमा जानलाई लघुवित्तहरुलाई निर्देशन दिएका छन। 

'एक महिनापछि मौद्रिक नीति आउँछ, त्यसपछि हार गुहार गर्न पाइनेछैन' गभर्नर नेपालले भने, 'पछि हार गुहार गर्नु भन्दा अहिले नै उपयुक्त पार्टनर खोजेर तपाई (लघुवित्तहरु) मर्जरमा जानुहोस'। 

२०७२ सालमा बैंकहरुको चुक्तापुंजी चार गुणाले वृद्धि गर्ने निर्देशन दिंदाको भोगाई बताउदै गभर्नर नेपालले भने, पुंजी बढाउने निर्णय फिर्ता गराउन धेरै प्रयास भए, संसदमा ५० पटक उठाए, अर्थमन्त्री फेरीएपिच्छे संचालक र सीईओंहरु मन्त्रालय धाए, राष्ट्र बैंकले हावाको भरमा निर्णय गर्दैन, त्यसैले अहिले नै मर्जरको लागि लघुवित्तहरु तयार रहनुहोस।'

२०६६ सालमा अन्तराष्ट्रिय मुद्रा कोषले बैंक वित्तीय संस्थाको चुक्तापुंजी बढाउँन र संख्या घटाउन राष्ट्र बैंकलाई बुझाएको प्रतिबेदन अनुसारनै आफु गभर्नर भएपछि पुंजी वृद्धि योजना ल्याएको गभर्नर नेपालले स्पष्ट पारेका छन। उनले भने, 'राष्ट्र बैंकले हावाको भरमा नीति ल्याउदैन, नीति ल्याएपछि पछि हट्दैन, २०७२ सालमा अध्ययन अनुसन्धान गरेर नै पुंजी वृद्धि योजना ल्याएको हो।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved