एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले एकसाथ ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिका २ स्थित खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११, मोग्लाह र मोरङ्गको सुनबर्षी नगरपालिका २, अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
बैंकले हाल २८५ शाखा, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा दिँदै आएको छ ।