ग्रामीण विकास लघुवित्तको क्षेत्रीय कार्यालय धनगढीले सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका हावाहुरी पिडतलाई राहत रकम वितरण गरेको छ । गत जेठ २३ गतेको भिषण हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध सदस्यहरूलाई एक लाख पचास हजार नगद राहत रकम वितरण गरिएको संस्थाले जनाएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ शान्तिपुरका ३१ जना हावाहुरी प्रभावित ऋणी सदस्यहरूलाई ७६ हजार नगद राहत रकम क्षेत्रीय प्रवन्धक शैलेन्द्र राज जोशीले हस्तान्तरण गरेका हुन् ।
यसैगरीे कैलालीको गोदावरी नगरपालिका वडा नं ८ खुटियाका ११ जना हावाहुरी प्रभावित ऋणी सदस्यहरुलाई ७४ हजार राहत प्रदान गरिएको छ । उक्त रकम संस्थाको इलाका कार्यालय अत्तरियाका प्रवन्धक परमानन्द पाण्डेयले हस्तान्तरण गरे ।
संस्थाले ग्राहक संरक्षण कोषबाट राहत रकम सहयोग गरेको हो ।