धेरै लाभांश पाउन कस्ता कम्पनी छनौट गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 01:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताहरुले दोस्रो बजारबाट सेयर खरीद गर्दा कम्पनीहरुको आधारभुत पक्षहरु हेरेर लगानी गरेमा प्रतिफल पनि राम्रो पाइन्न्छ । कम्पनीहरुको सेयर छनोट गर्दा प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ र पिई रेशियोलाई अध्ययन गर्ने एउटा आधार हो । जुन कम्पनीको प्रतिसेयर आम्दानी धेरै हुन्छ त्यो कम्पनी लगानीको लागि सुरक्षित मानिन्छ । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमासको विवरणको आधारमा वाणिज्य बैंकहरुमा नविलको सबैभन्दा बढी प्रतिसेयर आम्दानी रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैया ३२ पैसा छ । दोस्रोमा एनआइसी एशियाको प्रतिसेयर आम्दानी ४१ रुपैँया ६१ पैसा छ । सिभिल बैंकको सबैभन्दा न्युन ८ रुपैया प्रतिसेयर आम्दानी छ । 

त्यस्तै, दोस्रो त्रैमाससम्म नेपाल बैंकको प्रतिसेयर नेटवर्थ सबैभन्दा उच्च छ । बैंकको नेटवर्थ २ सय ९७ रुपैया ५५ पैसा छ । कृषि विकास बैंकको २ सय ५४ रुपैया १ पैसा छ । सेन्चुरी कर्मशियलको नेटवर्थ सबैभन्दा कम अर्थात् १ सय २७ रुपैया छ । 

साथै, पीइ रेशियोको आधारमा भने १० देखि २० सम्मका बैंक लगानीको लागि सुरक्षित मानिन्छ भने १० भन्दा तलका र २० भन्दा माथि भएका कम्पनी जोखिमयुक्त मानिन्छ । 

प्रतिसेयर आम्दानी, नेटवर्थ  र पीईको परिभाषा 

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण मापन प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थका आधारमा पनि सेयर छनोट गर्न सकिन्छ । कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेटवर्थ हो । यसबाट कम्पनीले कतिसम्म लाभांश दिनसक्न भन्ने अनुमान गर्न सकिन्छ । यदी कम्पनी केही गरी घाटामा गयोभने पनि नेटवर्थ बराबरको रकम सेयरधनीहरुले पाउन सक्नेछन् ।  सेयर खरीद गर्दा नेटवर्थ धेरै भएका कम्पनी रोज्नु पदर्छ । 

कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । यो अनुपात कम (१० भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्को्तिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ ।

सेयरको बजार मूल्य र किताबी मूल्य बीचको अनुपात प्राइस टु बुक भ्यालु (पिबी) रेसियो हो । पिबी रेसियो ५ सम्म भएको सेयरलाई सुरक्षित मानिन्छ । अर्थात कुनै कम्पनीको सेयरको किताबी मूल्य १५० रुपैयाँ छ भने बजार मूल्य ७५० रुपैयाँ हुदासम्म खरिद गर्दा जोखिम कम हुन्छ भन्ने मान्यता छ ।

तर यी ३ सूचकलाई मात्र आधार मानेर लगानीको निर्णय गर्नु भने उपयुक्त नहुन सक्छ । लगानीको निर्णय गर्नु अगाडी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता र कति समयको लागि लगानी गर्न भन्ने पनि यकिन गर्नु पर्छ । हरेक व्यक्तिको जोखिम बहन गर्न सक्ने क्षमता फरक फरक हुने भएकोले लगानीको कुनै एक ‘फिक्स मन्त्र’ हुदैन । तर सर्वमान्य सिद्धान्त अनुसार लाभांश बाहेकको दृष्टिकोणले पनि अल्पकालीन समयमा जोखिम ज्यादा र प्रतिफल पनि ज्यादा हुन्छ भने दीर्घकालीन समयमा जोखिम संगै प्रतिफल पनि कम हुन्छ । 

२६ वाणिज्य बैंकको दोस्रो त्रैमासको इपिएस, पीइ र नेटवर्थ



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved