रिलायबललाई प्राप्ति गर्ने प्रस्ताब पारित, ग्लोबल आइएमईको चुक्ता पुंजी ८ अर्ब नाघ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 08:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकको बिशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको छ। बैंकको आज सेलेब्रेशन ब्यान्केट नक्सालमा बसेको बिशेष साधारणसभाले प्रस्ताब पारित गरेको हो। 

ग्लोबल बैंकमा बिलय भएसंगै रिलायबल डेभलपमेन्ट बैंकको ११ बर्षदेखिको यात्रामा पूर्णबिराम लागेको छ। १ अर्ब १ करोड ४ लाख चुक्ता पुंजी रहेको रिलायबललाई ८२ दशमलब ९० प्रतिशत स्वाप अनुपातमा प्राप्ति पश्चात ग्लोबल आइएमईको चुक्ता पुंजी ८ अर्ब ८ करोड पुगेको छ। 

हाल ग्लोबल आइएमई बैंकले ११२ शाखा, ११४ एटिएम , ५ एक्स्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मार्पत ७ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved