सेन्चुरीको बिशेष साधारणसभाबाट सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताब पारित, स्वाप रेसियो तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 12:45:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको बिशेष साधारणसभाले सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको छ। आइतबार त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित बिशेष साधारणसभाले ९५ प्रतिशतको स्वाप अनुपातमा सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताब स्वीकृत गरेको हो। 

सगरमाथा फाइनान्सलाई प्राप्ति पश्चात बैंकको हाल कायम ४ अर्ब ७९ करोड चुक्ता पुंजीमा ७४ करोड थपिने छ। बैंकले इन्नोभेटिब र अरनिकोलाई प्राप्ति पश्चात ४० प्रतिशत अर्थात १ अर्ब ८८ करोड बराबरको हकप्रद शेयरको लागी आब्हान पत्र दर्ता गरिसकेको छ। त्यस्तै राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले अल्पाइन र सेती फाइनान्सलाई प्राप्तीको लागि अन्तिम सम्झौता गरिसकेको छ।  

गत बर्षको बोनस, ४० प्रतिशत हकप्रद र ५ संस्थालाई प्राप्ति पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब नाघ्ने छ। बैंकले ५ संस्थालाई प्राप्ति गर्दा स्वाप अनुपातबाट हुने आम्दानीलाई आधार मान्दा यस बर्ष करिब १० प्रतिशत हाराहारीमा बोनस दिएर चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। 

बिशेष साधारणसभामा बोल्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सेन्चुरीले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन नसक्ने हो कि भन्दै विभिन्न चरणमा एभरेष्ट बैंक सहितका बाणिज्य बैंकहरुसंग मर्जर तथा प्राप्ति गर्न वार्ता तथा छलफल गरेको खुलासा गरे। 'एभरेष्ट लगायतका बैंकहरुसंग मर्जर तथा प्राप्ति गर्न छलफल चलायौ तर पछि हिम्मत गरेर आफै चुक्ता पुंजी ८ अर्ब पुर्याउने निर्णयमा पुग्यौं' उनले भने।  

अध्यक्ष श्रेष्ठले बिगतका बर्षहरुमा राम्रो प्रतिफल दिदै आएका सफल बिकास बैंक र फाइनान्सहरु सेन्चुरीमा समाहित भएको र बैंक पनि मजबुत बन्दै गएकाले आगामी बर्षहरुमा बैंकले राम्रो प्रगति गरि सेयरधनीहरुलाई खुसि पार्ने बताए।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved