लुम्बिनी बिकास बैंकको ५० औ शाखा तनहुँको चन्द्रावतीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 09:30:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले तनहुँ जिल्लाको भानु नगरपालिकाको चन्द्रावतीमा शाखा कार्यालय स्थापना गरेको छ। नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले उक्त शाखाको उद्घाटन गरे। 

बैंक संचालक समितिका अध्यक्ष सुशील पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बताए ।

५० औ शाखा कार्यालयको रुपमा संचालनमा आएको यस शाखाबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीए, मोवाईल बैकिङ लगायतका सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा यस बैंकले काठमाडौंमा केन्द्रीय कार्यालय स्थापना गरि हाल ५० वटा शाखा, १२ वटा एटीएमबाट सेवा दिदै आएको जनाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले जानकारी दिए ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved