महालक्ष्मी बिकास बैंकद्वारा ऋषिपञ्चमीको अवसरमा निशुल्क स्वास्थ शिविर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 06:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकले टेकु स्थित ऋषेश्वर महादेव दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर एवं पानी तथा जुस खुवाउने कार्यक्रम आयोजना गरेको छ। 

महालक्ष्मीको कालीमाटी शाखाले करीब ३० देखि ४० हजार भन्दा बढी दर्शनार्थीहरुलाई राती १२ बजे देखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरण गरेको हो। त्यस्तै निशुल्क स्वास्थ शिविरबाट करिब ५०० जना प्रत्यक्ष लाभान्वीत भएको बैंकले जनाएको छ। 

संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved