सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर पारित, संचालक समितिमा ३ जना निर्वाचित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 02:16:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको असोज २९ गते बसेको बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने प्रस्ताब गरिएको १६ प्रतिशत बोनस सेयर पारित गरेको हो। 

साधारणसभा प्रयोजनका लागि असोज ६ का लागि बुक क्लोज गर्ने निर्णय भएकाले असोज ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन। 

१६ प्रतिशत बोनस सेयर वितरणपछी सानिमा बैंकको चुक्ता पुंजी ८ अर्ब नाघेको छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। 

गत आर्थिक बर्ष असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ०.०१ ५,पुँजी कोष १५।५७५ ,तरलता २६.८५ र कर्जा निक्षेप अनुपात ७१.६६५ प्रतिशत छ।साथै 

बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको सभाले संस्थापन समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना (बिनय कुमार श्रेष्ठ, तुक प्रसाद पौडेल र शाम्वा लामा) लाई संचालकमा निर्वाचित गरेको छ।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved