प्रभु बैंकद्वारा कैलाली र पांचथरमा थप २ शाखा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 02:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले कैलाली जिल्लाको बौनिया तथा पांचथर जिल्लाको फिदिममा २ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले आज कार्तिक १० गते शुक्रबार दुवै शाखा संचालनमा ल्याएको हो   ।   उक्त शाखाहरुको उदघाटन क्रमश नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख   ओनाहाग नेम्वाडले गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरुले बैंकिड. संस्थाहरुको आगमन संगै स्थानिय स्तरका सम्भावना रहेका विभिन्न क्षेत्रहरुको बिकासमा प्रत्यक्ष फाईदा पुग्ने बिश्वास व्यक्त गरेका थिए  । बैंकले असोज मसान्त सम्म रु. ८३ अर्व निक्षेप संकलन गरि रु. ६३ अर्व बराबर रकमलगानी गरेको तथ्य उक्तकार्यक्रममा प्रस्तुत गरिएको थियो । देशका ५६ जिल्लामा आफना १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्ने जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved