भार्गब बिकास बैंकको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 07:01:08 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गब बिकास बैंकको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले १० बराबर ८ कित्ता सेयर अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्रिका लागि कात्तिक १५ गतेका लागि बुक क्लोज मिति तय गरेकाले आज अर्थात कात्तिक १४ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन।  

बैकले प्रति कित्ता १ सय रुपैयाँका दरले २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट भदौ २५ मा अनुमति पाएको हो। 

८० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved