एनआई सी एशिया बैंकको नयाँ शाखा मोरङ्गको पथरीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 02:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकले मोरङ्गको पथरीमा नयाँ शाखाको स्थापना गरेको छ ।  बैंकले पथरी शनिश्चरे नगरपालिका १, जनआन्दोलनचौक, पथरीमा आज कार्तिक १५ गतेबाट नयाँ शाखा संचालनमा ल्याएको हो   ।  पथरी शनिश्चरे नगरपालिकाका मेयर   दिलिपकुमार राईले शाखाको उद्घाटन गरेका हुन । 


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । पथरी शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखाकार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमा सेवा प्रदान गर्दै आईरहेको छ ।


बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved