हेर्नुहोस, 'लिक्विडीटि क्रंच' को यस्तो असर देखियो बिओके र सनराइज बैंकको ब्यालेन्ससिटमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 11:51:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पुंजी वृद्धि र गत आर्थिक बर्ष देखिएको तरलता अभाबको प्रभाब अधिकांश बैंकहरुको ब्यालेन्ससिटमा देखिएको छ। यस्तै अवस्था कात्तिक १८ गते प्रगति विवरण सार्वजनिक गरेका सनराइज र बैंक अफ काठमान्डू बैंकमा समेत देखिएको छ। 

अधिकांश बैंकहरुको मुनाफा गत आर्थिक बर्षको तुलनामा घटेको अवस्थामा सनराइ र बिओकेको मुनाफा समेत घटेको छ। बैकहरुलाई एका तर्फ चुक्ता पुंजी वृद्धिको भार थपिएको छ भने अर्को तर्फ 'लिक्विडीटि क्रंच' को समस्यामा समस्यामा गान्झिएका छन। जसले गर्दा कमाईमा गिरावट आएको छ भने त्यसको प्रभाब प्रति सेयर आम्दानीमा देखिएको छ।

चुक्ता पुंजी वृद्धि अनुपातमा कमाई बढ्न नसक्दा प्रति सेयर आम्दानि घट्नु स्वाभाविक नै हो। तर बैंकहरुलाई 'लिक्वीडीटि क्रंच' ले बढी भार परेको देखिन्छ। महँगो ब्याजदरमा निक्षेप संकलन गरेका बैंकहरुले स्प्रेड दर घटाएर कर्जा प्रवाह गर्दा उनीहरुको कोषको लागत अत्यधिक वृद्धि हुन गई खुद ब्याज आम्दानी घट्न पुगेको छ। खुद ब्याज आम्दानी घट्दा संचालन खर्च बढ्ने हुँदा स्वाभाविक रुपमा खुद मुनाफा घटने गर्छ। चुक्ता पुंजी बढी सेयर संख्या बढेकाले यसको सिधा असर प्रति सेयर आम्दानीमा देखिने गर्छ।   

हेरौं सनराइज बैंकको प्रगति विवरण 

सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा २० करोड ३७ लाख खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको तुलनामा बैंकको खुद मुनाफा करिब ५ करोडले कम हो।  

३० प्रतिशत हकप्रद र १५ प्रतिशत बोनस वितरण गरि चुक्ता पुंजी ८ अर्ब १५ करोड पुर्याउंदा बैंकको कमाई सोहि अनुपातमा बढ्न नसकेकाले प्रति शेयर आम्दानी समेत प्रभावित भएको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ ९९ पैसा छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा झन्डै आधाले कम हो।  

ब्याज खर्च बढ्दा बैंकको खुद ब्याज आम्दानीमा समेत गिरावट आएको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ लाखले घटेर ५१ करोड ३८ लाखमा सिमित भएको छ। 

यस अवधिमा बैंकले ६३ अर्ब ६१ करोड निक्षेप संकलन गरि ५४ अर्ब ४९ करोड कर्जा लगानी प्रवाह गरेको छ। जुन गत आर्थिक बर्षको तुलनामा निक्षेप ९ करोडले र कर्जा प्रवाह ८ करोडले बढी हो। 

खराब कर्जा अनुपात बढेकाले बैंकले सम्भावित जोखिमका लागि १५ करोड ६८ लाख प्रोभिजनमा राखेको छ। यसले पनि बैंकको खुद मुनाफा घटाएको छ। त्यस्तै यस अवधिमा ७ करोड ५ लाख राइट ब्याक हुँदा बैंकलाई केहि राहत मिलेको छ।  

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड छ भने जगेडा कोष रकम १ अर्ब ७१ करोड छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७ पैसा, मुल्य आम्दानी अनुपात ३३ दशमलब १२ गुणा र खराब कर्जा अनुपात १ दशमलब ४१ प्रतिशत छ। 

बैंक अफ काठमान्डू 

दुई बाणिज्य बैंक मिलेर बनेको बैंक अफ काठमान्डूले समेत ओरालो बाटो समातेको छ। बढेको ब्याज खर्च र चुक्ता पुंजीको असर बिओकेको ब्याल्नेससिटमा समेत देखिएको छ। 

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा बिओकेको कमाई ५ करोडले घटेर २२ करोड ४० लाखमा सिमित भएको छ। ब्याज खर्च र संचालन खर्च बढेसंगै बैंकको खुद मुनाफामा घटेको हो। जसको प्रभाब बैंकको प्रति सेयर आम्दानीमा देखिएको छ। 

बैंकले करिब २३ प्रतिशतले चुक्ता पुंजी वृद्धि गर्दा त्यहि अनुपातमा कमाई बढाउन नसक्दा उसको प्रति सेयर आम्दानी १५ रुपैयाँ १२ पैसामा आइपुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको इपिएस २३ रुपैयं ६८ पैसा थियो। 

यस अवधिमा बैंकको कारोबार तथा व्यवसायको आकार समेत अपेक्षा गरे अनुसार बढ्न सकेको छैन। यस अवधिमा बैंकले ६३ अर्ब १५ करोड निक्षेप संकलन गरि ६२ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ६९ अर्ब ३२ करोड निक्षेप संकलन गरि ६१ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको थियो। तुलनात्मक रुपमा बैंकको निक्षेप ६ अर्बले कम हो भने कर्जाको आकार १ अर्बले बढी हो।

बैंकको कोष लागत ३.८५ प्रतिशतबाट बढेर ७.७८ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको कुल खुद ब्याज आम्दानी १ अर्ब ९२ करोड रहेपनि ब्याज खर्च बढेकाले खुद ब्याज आम्दानी ५७ करोड ३६ लाखमा सिमित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको कुल ब्याज आमानी १ अर्ब २६ करोड रहंदा खुद ब्याज आम्दानि ६२ करोड ५० लाख थियो। समिक्षा अवधिसंगको तुलनामा बैंकको खुद ब्याज आम्दानी ५ करोडले कम हो।   

यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.१२ प्रतिशतबाट बढेर २.०८ प्रतिशत पुगेको छ। बैं हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ६२ करोड रहेकोमा जगेडा कोष रकम समेत ६७ करोडले घटेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम ४ अर्ब २० करोड छ। कले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांशको घोषणा गर्न बाँकी नै छ। जगेडा कोषको आकार अनुसार बैंकले मात्र १८ प्रतिशत बोनस सेयर वितरण गर्न सक्छ तर चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले अन्य स्रोत प्रयोग गर्नुपर्ने हुन्छ।     



 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved