एनआई सी एशिया बैंकको २ नयाँ शाखाहरु संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 08:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकको २ नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले कैलालीको जोशीपुर गाउँपालिकावडा नं. ०२,   र जाजरकोटको भेरी नगरपालिका वडा नं ०४, मा कार्तिक २१गते देखि नयाँ शाखा संचालनमा ल्याएको हो  । 

 जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत  नारायण बहादुर बिष्ट तथा अध्यक्ष  राम कृष्ण चौधरीले संयुक्त रुपमा जोशीपुर शाखाको र त्यसैगरी भेरी नगरपालिकाका मेयर  चन्द्र प्रकाश घर्तिले जाजरकोट शाखाको उद्घाटन गरेका हुन्   ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved