प्रस्ताब स्वीकृत भए माछापुच्छ्रे बैंकले स्टक ब्रोकर र स्टक एक्सचेन्जको कार्य गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 04:20:00 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले स्टक ब्रोकर संचालन गर्ने लगायतका प्रस्ताबहरु बिशेष प्रस्ताबमा राखेर मंसिर १५ का लागि १९ औ बार्षिक साधारणसभा डाकेको छ।

बैंकले कारोबार बिस्तार गर्ने लक्ष्य सहित आंशिक वा पुर्व स्वामित्वमा सहायक कम्पनीको स्थापनाबाट जिबन बिमा, निर्जिबन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेन्ज फन्ड, क्रेडिट रेटीङ, धितोपत्र दलाल, धितोपत्र बजार (स्टक एक्सचेन्ज), मर्चेन्ट बैंकिङ, वित्तीय प्रविधि , सम्बन्धि सेवाहरु थप गर्ने बिशेष प्र्स्ताब साधारणसभामा लैजाने भएको छ।   

त्यस्तै बैंकले संचालक समितिका अध्यक्ष तथा संचालकरु लगातार दुई पटक भन्दा बढी उक्त पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन नसक्ने व्यवस्थालाई संसोधन गरि बैंकको कार्यकारी अध्यक्ष तथा प्रबन्ध संचालक लगातार दुई कार्यकालसम्म मात्र रहन सक्ने व्यवस्था कायम गर्ने बिशेष प्रस्ताब साधारणसभामा लैजाने भएको छ। 

बैंकका अन्य प्रस्ताबमा संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताब गरिएको ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश पारित गर्ने छ।  

साधारणसभा प्रयोजनको लागि बैंकले मङ्सिर १ गते देखि १५ गते सम्मको लागि बुक क्लोज मिति तय गरेको छ । अर्थात् कार्तिक ३० गते संम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले प्रस्ताव गरेको बोनस पाउन सक्ने छन् ।

प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड खुद नाफा कमाएको छ ।

बोनस वितरणपछि माछापुच्छ्रेको चुक्ता पुँजी ८ अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ छ भने उसको जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ सञ्चित हुनेछ । बैंकले चालु आवको प्रथम त्रैमासमा २८ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved