जनता बैंकको लिलामको शेयर किन्न आबेदन दिएको पैसा आजदेखि फिर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 07:06:23 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले लिलाममा राखेको साधारण शेयरमा बोलपत्र पेश गर्ने बोलकबोल दाताको पैसा आज अर्थात कात्तिक २७ देखि फिर्ता हुने भएको छ। उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेको श्रीमती सुमित्राको नाममा रहेको जनता बैंकको साधारण सेयर लिलामी नगर्न आदेश दिएको र मुद्दा किनारा लाग्न समय लाग्ने भएकाले आजदेखि भुक्तानी फिर्ता हुने व्यवस्था मिलाइएको बिक्रि प्रबन्धक काठमाडौं क्यापिटलले जनाएको छ। 

क्यापिटलका अनुसार बोलकबोल दाताले शेयर लिलाम खरिदका लागि जम्मा गरेको रकम निजहरुको बैंक खातामा कात्तिक २७ देखि फिर्ता भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।    

बैंकले गुरु न्यौपाने श्रीमती सुमित्राबाट जफत गरिएको ८५ हजार १ कित्ता साधारण सेयर लिलामीका लागि खुला गरेकोमा अन्तिम दिन मंगलबारसम्म ७ सय जनाको आवेदन परेको थियो।

न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता सेयर सर्वसाधारणले समेत बोलपत्र पेश गर्न मिल्ने गरि बैंकले कात्तिक १५ देखि कात्तिक २१ सम्मका लागि लिलाममा राखेको थियो। 

माछापुच्छ्रे बैंकसंगको मर्जर प्रक्रियाको कुरा चल्दा जनता बैंकको संचालक रहंदाको बखत न्यौपानेले आन्तरिक सूचनाको दुरुपयोग गरि स्टक ब्रेकर नम्बर ४८ बाट श्रीमतीका नाममा ठुलो संख्यामा सेयर खरिद गरेका थिए। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ। 

न्यौपानेले मर्जर प्रक्रियाको सूचना सार्वजनिक नभई आन्तरिक सूचनाका आधारमा शेयर किन्ने बठ्याईले २ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम गुम्ने अवस्थामा थियो। तर उच्च अदालत पाटनको आदेशले तत्काललाई यो अवस्था टरेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved