माछापुच्छ्रे बैंक र हेफर इन्टरनेसनल नेपालसँग विपन्न बर्गमा कर्जा प्रवाह गर्न सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 02:52:24 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच विपन्न बर्गमा कर्जा प्रवाह गर्न सम्झौतामा हस्ताक्षर भएको छ  । बैंकले विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूके एडद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा सोही परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिनाधितो कर्जा प्रवाह गर्न बैंकले हेफर इन्टरनेसनल नेपाल सँग सम्झौता गरेको हो । उक्त सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवन स्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।

बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved