टुरिजम डेभलपमेन्ट बैंक 'एक्सिलेन्स एण्ड लिडरसिप' र 'बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड' बाट सम्मानित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 11:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंक एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ बाट सम्मानित भएको छ। बैंक वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्सिटियूट, सीएमओ एवं स्टार्स अफ द इन्डष्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विकास बैंक समूहबाट एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ पाउन सफल भएको हो।   

विशेष कार्यक्रममा अर्थ राज्यमन्त्री उदय शमशेर जबराले अवार्ड हस्तान्तरण गरे। विजेताहरुको छनौट सहभागी संस्थाहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा गरिएको थियो । यस सम्मानबाट बैंकलाई हौसला प्राप्त हुनुका साथै भविष्यमा अझ राम्रो गर्नलाई थप प्रेरणा मिलेको बैंकले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved