राष्ट्र बैंकले लागू गर्यो ६ महिना 'कुलिङ पिरियड', हेर्नुस अनिल शाह सहित को-को बन्दैछन बेरोजगार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 29, 2017 | 04:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ६ महिना 'कुलिङ पिरियड' लागू गरेको छ। बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धमा अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै राष्ट्र बैंकले 'कुलिङ पिरियड ' लागू गरेको जनाएको छ। 

राष्ट्र बैकको निर्देशन अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वा संचालकले एक संस्था छोडेपछि अर्को बैंकमा जान कम्तीमा ६ महिना पर्खनुपर्ने भएको छ। 

बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतले जुनै कारणले सेवाबाट निवृत भएपनि उसले सोहि संस्था वा अर्कोमा काम गर्न कम्तिमा ६ महिना कुर्नुपर्ने भएको छ। केहि कारणबश सेवाबाट निवृत भएपछि सोहि संस्थामा कार्यकाल पुरा गर्न वा अर्कोमा जानका लागि पनि उसले ६ महिना पर्खनुपर्ने भएको छ। 

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकलाई समेत ६ महिना 'कुलिङ पिरियड' लागू गरेको छ। कुनै एक संस्थामा संचालकबाट हटेपछि सोहि संस्थामा वा अर्कोमा संचालक बन्नका लागि समेत संचालकले ६ महिना कुर्नुपर्ने भएको छ। तर यो निर्देशन स्वतन्त्र संचालकको हकमा भने लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

राष्ट्र बैंकले यस अघि नै गभर्नर तथा डिपुटी गभर्नरको हकमा कुलिङ पिरियड लागू गरेको छ। गभर्नरले राष्ट्र बैंकले नियमन गर्ने संस्थामा कहिलै पनि बस्न पाउने छैन भने डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई ३ बर्षको सीमा तोकिएको छ। साथै अधिकृत स्तरका कर्मचारीले आफ्नो पदबाट हटेको वा अवकास पाएको मितिले २ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ ।     

नबिल बैंकमा जाने अनिल शाहको बाटो ६ महिना लम्बियो 

राष्ट्र बैंकले कुलिङ पिरियड लागू गरेसंगै नबिलमा जाने अनिल शाहको यात्रा ६ महिना पछाडी धकेलिएको छ। नबिल बैंकको संचालक समितिले माघ ५ देखि लागू हुनेगरि पुष १३ गतेमात्र अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। तर राष्ट्र बैंकले पनि कुलिङ पिरियड को निर्देशन पुष १३ गते नै ल्याएको हो। तसर्थ मेगा बैंकमा दुई कार्यकाल पुरा गरेका अनिल शाह अब ६ महिना बेरोजगार बन्ने निश्चित भएको छ। 

अरु को को बन्दैछन बेरोजगार ?

राष्ट्र बैंकले कुलिङ पिरियड लागू गरेसंगै आधा दर्जन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु अब ६ महिना बेरोजगार बन्ने भएका छन। यस्तैमा माघ ५ देखि नबिल बैंक छाड्न लागेका शशिन जोशी, सेञ्चुरी बैंक छाडेका अनुजमणी तिमल्सिना, कुमारी बैंक छाडेका राजीव गिरी, बैंक अफ काठमाडौ छाडेका अजय श्रेष्ठ, जनता बैंक छाडेका कुमार लम्माल, सिभिल बैंक छाडेका किशोर मर्हजन, ग्लोबल आइएमई छाडेका अनिल ज्ञवाली लगायतका बैंकरहरु करिब ६ महिना बेरोजगार बन्ने भएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved