नेपाल एसबिआई बैंकको संचालक समितीको अध्यक्षमा सुजित कुमार वर्मा सर्वसम्मत्त चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 03:59:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको  संचालक समितीको अध्यक्षमा सुजित कुमार वर्मा सर्वसम्मत्त चयन भएका छन्  । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले  स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक  वर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको हो । 

अध्यक्ष  सुजित कुमार वर्मा, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का संसारभर विभिन्न मुलुकहरुमा रहेका बैकिङ्गसँग सम्बन्धित मामिला हेर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले अध्यक्ष   बर्मालाई गर्भनरको सचिवालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । 

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय   चिन्तामणी सिवाकोटी तथा  शिव राज श्रेष्ठ, कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, निर्देशकहरु  रमण नेपाल,  बम वहादुर मिश्र र  रामहरी न्यौपाने तथा नेपाल एसबिआई बैंकका संचालकहरु  भी. के. त्यागी,  दीपक रौनियार,  केशव राज आर्चाय, बाल कृष्ण श्रेष्ठ एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री अनुकूल भटनागर, नायव सिईओ तथा प्रमुख संचालन अधिकृत  शुभकान्त कानूनगो, प्रमुख वित्तीय अधिकृत  प्रियरंजन तथा बैंकका कम्पनी सचिव  रमेश घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved