सिभिल बैंकको ईटहरीमा दोहोरिएको शाखा मोरङको बिराटचोकमा स्थानान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 08:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ। मर्जपछि एकै ठाउँ भएका शाखालाई स्थानान्तरण गर्ने क्रममा बैंकले ईटहरीमा भएको दुई शाखामध्ये एकलाई बिराटचोकमा सारिएको जनाईएको छ।

उक्त शाखाको सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले उद्घाटन गरे। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सामाजिक उत्तरदायित्वको वहनसँगै सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाए।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख खुद नाफा कमाएको छ। ४० प्रतिशत हकप्रद निश्कासन गरिसकेको बैंकले गत आर्थिक बर्षको नाफा तथा पुँजीकोषको रकमबाट चुक्ता पुँजी ८ अर्ब पुर्याउने जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved