एनआईसी एशियाद्वारा भाइबर बैंकिङ सेवा संचालन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 08:03:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ग्राहकको सुबिधालाई थप प्रविधीमुलक बनाउन भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ। यस भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत बैंकको पब्लिक एकाउन्टलाई सब्स्क्राईब गरी यस बाट आवश्यक जानकारी लिन सक्ने बैंकले जानकारी दिएको छ। 

भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकले बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, Loan Eligibility Checking, Online Account Opening, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, ब्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

त्यस्तै गरी बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन।

निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एनआईसी एसियाले हाल देशभरका १५७ शाखा कार्यालय, १४१ एटिएएम, ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

साथै बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारि रोशन कुमार न्यौपानेले बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved