धनगढी नेत्रालयसँगको सहकार्यमा जनताले बैंकले गर्यो निःशुल्क आँखा शिविर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2018 | 02:38:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले धनगढी स्थित धनगढी नेत्रालयसँगको सहकार्यमा कैलालिको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडको सहयोगमा शनिवार आँखा शिविर गरेको हो ।

आँखा सिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाएको बैंकले जनाएको छ । जस मध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि धानगढी नेत्रालयमा रिफर गरिएको छ जहाँ उनिहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्ने छन् । त्यसै गरी उक्त सिविरमा करिव १०० विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved