नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा नवलपरासीको बर्दघाटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 06:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले नवलपरासी जिल्लाको वर्दघाट नगरपालिका, वडा नं. ४, वर्दघाटमा आफ्नो शाखाको माघ २३ गते मंगलवारका दिन औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरेका हुन्  । 

उक्त अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराए   । सोही कार्यक्रममा वर्दघाट नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष रबिन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए  ।

एनसीसी बैंक संचालक समितिका सदस्य   माधव प्रसाद भट्टले यस शाखा मार्फत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै सवै आर्थिक क्रियाकलापलाई बैकिङ्ग सञ्जाल मार्फत जोडिने विचार व्यक्त गरे  । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved