एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 08:46:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले माघ २९ देखि तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देही स्थित कोटिहवामा शाखा संचालनमा ल्याएसंगै बैंकको शाखा संख्या १७३ पुगेको छ। 

सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलले गरे।

एनआईसी एसियाले हाल देशभर १७३ शाखा, १७२ एटिएम काउन्टर एव ४ एक्स्टेन्सन  काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।            

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।   





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved