ग्लोबल आइएमईको रुकुममा शाखारहित बैंकिङ्ग सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 05:09:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरी गाउँपालिका-९ सिमलीमा आफ्नो ७० शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ। सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुनले एक समारोहका बीच शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरे। 

उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्का लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।  कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ।

बैंकले हाल ११५ वटा शाखा, १२७ एटिएम, ६९ शाखा रहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  बैंकले भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालयको स्थापना गरि ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved