प्रभु बैंकको नयाँ शाखा महोत्तरीको एकडारा गाउँपालिकामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 05:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिका वडा नं. १ मा शाखा कार्यालय संचालनमा ल्याएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले एक समारोहका विच उक्त शाखा कार्यालयको उद्घाटन गरे। 

सो अवसरमा बोल्दै आयुक्त पाठकले एकडारा शाखा कार्यालय स्थापना पश्चात् यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए। 

उद्घाटन अवसरमा महोत्तरीस्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग  वाणिज्य संंघ महोत्तरीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

आजदेखि सञ्चालनमा आएको यस एकडारा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved