सम्बन्ध बिच्छेद गर्ने २७ बैंकको निर्णयलाई एनआईसी एसियाको ठाडो चुनौती, दियो यस्तो प्रतिकृया

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 09, 2018 | 01:01:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको निर्णय प्रति एनआईसी एसियाले 'आपत्ति' जनाएको छ। बैंकर्स संघले आज आकस्मिक बैठक डाकी २७ बाणिज्य बैंकलाई एनआईसी एसिया संग कुनै पनि किसिमको अन्तर बैंक कारोबार नगर्न गरेको निर्णयलाई एनआईसी एसियाले 'खुला अर्थतन्त्रको अभ्यास बिरुद्द' भन्दै यस्तो आपत्ति जनाएको हो। 

बैंकर्स संघले गरेको निर्णयमा एनआईसी एसियाले लिने निर्णयबारे बिजपाटि डटकमले सोधेको प्रश्नको जवाफ दिंदै बैंकका सहायक प्रमुख कार्यकारी सुधिर नाथ पाण्डेले भने, 'मिडियामा आएको खबर बाहेक औपचारिक रुपमा हामीलाई केहि जानकारी छैन, यदि मिडियामा आएको खबर झैँ संघले निर्णय गरेको हो भने पनि हामि आफ्नै नीति अनुसार अगाडी बढ्छौं।' 

एनआईसी एसिया आफ्नै नीति अनुसार अगाडी बढ्दा बैंकिङ प्रणालीमा नै समस्या आएको संघको निष्कर्ष छ। यसले एनआईसी एसिया अप्ठ्यारोमा पर्दैन ? भन्ने प्रश्नको जवाफमा पाण्डे अगाडी भन्छन, 'हाम्रो लक्ष्य भनेको नै ग्राहकहरुलाई उच्च प्रतिफल दिने हो, बढेको ब्याजले ग्राहकलाई नै फाइदा हुन्छ, हामीले बजारको मागलाई पछयाएर अगाडी बढेका छौं, हाम्रै कारणले बैंकिङ प्रणालीमा समस्या आउँछ भन्ने छैन।' 

सबै (२७ बाणिज्य बैंक) ले एनआईसीसंग कुनै पनि अन्तर बैंक नगर्ने निर्णय गरेको छ, पक्कै पनि ग्राहकलाई अप्ठ्यारो त होला नि ? भन्ने प्रश्नको जवाफमा पाण्डे अगाडी भन्छन, 'देशभर १८१ शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका छौं, अझै शाखा बिस्तार हुनेक्रममा छन, त्यसैले हाम्रा ग्राहकलाई अप्ठारो पर्छ भन्ने छैन बरु उल्टै बढेको ब्याजदरले ग्राहकलाई बढी फाइदा हुनेमा बिश्वास छ।' 

उनले अगाडी भने, हामीले संघको निर्णयलाई साथ दिदै आएका छौँ, तर बजारलाई आफ्नो शैलीमा अगाडी बढ्न दिनुपर्छ, कार्टेल गरेर ब्याजदर तल ल्याउन सकिदैन, तरलतामा सहजता भएपछी सबै समस्या आफैं समाधान हुन्छ।'

संघले बचत खातामा ८ र मुद्दतीमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति गरेको थियो। सोहि भद्र सहमति बिपरित हुने गरि एनआईसी एसियाले बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दिएर बैंकिङ प्रणालीमा समस्या निम्त्याएको भन्दै संघले आज आकस्मिक निर्णय गरि एनआईसी संग सबै किसिमको अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको हो। 

एनआईसी एसिया बैंक आफ्नै नीति अनुसार अगाडी बढ्ने भएसंगै बैंकहरुबीचको द्वन्द्व झनै चर्किने अनुमान गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved