एनसीसी बैंक घोटाला: परिचय सहित हेर्नुहोस आज पक्राउ परेका १३ जना, के के छ आरोप? (बिस्तृतमा)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 12:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ । सीआईबीले बैंकको केन्द्रीय कार्यालय बागबजारमा बोर्ड बैठक जारी रहेको वेला छापा मारेको हो।  सीआईविले आज छापा मारी १३ जनालाई पक्राउ गरेको हो  । 

किन गरियो पक्राउ ? 

एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई गाभेको थियो । तर एनसिसिमा २०७२ मङ्सिर  ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात  मर्जरको फाइदा उठाउदै तत्कालिन  एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट  अनियमित  प्रक्रियाबाट कर्जा प्रवाह गरी  बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ नोक्सानी पुर्याएको आरोप लागेको छ। उनीहरुलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबिले जनाएको छ ।

को को परे पक्राउ ? 

विष्णु प्रसाद धिताल- तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष 

ईच्छा बहादुर गुरुङ -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

सुवर्ण राज भण्डारी, -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

मधुवन लाल श्रेष्ठ -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

ऋषी राज भट्ट -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत 

दुर्गा दत्त जोशी, -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक 

रामचन्द्र बसौला -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक

बिकास श्रेष्ठ   -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

सागर नेउपाने -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख 

मान ब। राउत तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

विनित मणि उपाध्याय -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक 

मोहन खरेल -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत

सुदिप थापा तत्कालिन -एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक


के लागेको छ आरोप ? 

कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।

कृतिम ऋणीहरु खडा गरिएको ।

निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।

ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।

मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।

धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।

कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।

कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।

सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।

एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।

सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।

अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । करिव २०० करोडको ऋणमध्ये ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो । यही ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकले सिआइबीलाई कारवाहीका लागि पठाएको हो।

मर्जर भएपनि अदालदको आदेश अनुसार एनसीसीमा गाभिएको एपेक्सको कारोबार विवरण छुट्टै राखिदै आएको थियो । एपेक्सको कारोबार शंकास्पद देखिएपछि अलग्गै हिसाबकिताब राख्न अदालतले आदेश दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved