सिभिल बैंक दमकमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 17, 2018 | 04:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले दमकको फर्निचर लाइनमा नयाँ शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैकका डिपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरे। 

उद्घाटन अवसरमा बोल्दै डिपुटी गभर्नर सिवाकोटीले नेपाललाई समृद्धि तर्फ लैजान आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे। 

त्यस्तै दमक नगरपालिकाका वडा नं ६ का अध्यक्ष टेक बहादुर थापाले सिभिल बैंकलाई दमकमा स्वागत गर्दै बैंकका विविध निक्षेप तथा कर्जा सुविधाले स्थानीयको आर्थिक स्थिति उकास्न टेवा पुर्याउने बताए। 

सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सम्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।  

दमकको फर्निचर लाइनमा शाखा संचालन भएसंगै बैंकको शाखा संख्या ५८ पुगेको छ। चैत मसान्तसम्म बैंकको शाखा संख्या ५९ पुग्ने बैंकले जानकारी दिएको छ। दुई लाख भन्दा बढी ग्राहक रहेको सिभिलले यस अवधिसम्म ३७ अर्ब भन्दा बढी निक्षेप संकलन गरि ३६ अर्ब कर्जा लगानी गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved