सिटिजन्स बैंकद्धारा माटाटा लाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 01:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एच.आई. भी. संक्रमित बालबालिकालाई सहयोग गरेको छ । “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारा अनुसार बैंकले गैर सरकारी संस्था “साथ” को  हकुना माटाटा परियोजनालाई एक लाख सहयोग गरेबो हो । हरेक वर्ष बैंकले बार्षिक उत्सवको अवसरमा सामाजिक क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्दै आएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले एक लाखको चेक “साथ” ंसंस्थाका सञ्चालिका क्रिस्टिमा कार्कीलाई लाई हस्तान्तरण गरे । हकुना माटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एच.आई.भी. संक्रमित बालबालिकाको उपचार र शिक्षाको क्षेत्रमा खर्च गरिने परियोजनाले जनाएको छ । सिईओ भण्डारीले बालबालिकाको मनोबल बढाउन सहयोग गरेको प्रतिक्रिया दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved