सेञ्चुरी बैंकको यी शाखाबाट ३६५ दिन नै नगद कारोबार हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2018 | 04:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सार्वजनिक बिदाको दिन विभिन्न शाखाहरुबाट ३६५ दिने नगद कारोबार सुरु गर्ने भएको छ । बैंकले प्रधानकार्यलय पुतलीसडक र टिकापुर शाखाबाट सार्वजनिक बिदाको दिन नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएकोमा आगामी चैत्र १० गते शनिबारदेखि लागु हुनेगरि पुतलीसडक, विर्तामोड, बुटवल, धुलिखेल, टिकापुर, जनकपुर, भैरहवा, न्यूरोड, बिराटनगर, वीरगञ्ज, पोखरा, मानभवन, इटहरी, हेटौंडा, नेपालगञ्ज, सामाखुसी, धरान, नारायणगढ, धनगडी, कोटेश्वर शाखाबाट ३६५ दिने नगद कारोबार सुरु गर्ने भएको हो । 

बैंकले ९ वटा कार्यलयहरुबाट ३६५ दिने नगद कारोबारसँगै लकरको सुविधा समेत उपलब्ध गराउने भएको छ । लकर सुविधा भएका शाखाहरुमा पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड, मानभवन रहेका छन् । बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १ सय ११ स्थानबाट कारोबार गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved