एनआई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा ब्याजको अग्रीम भूक्तानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 04:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” योजना संञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशत वार्षिक ब्याजका दरले ब्याज बचत खातामा भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ । बैँकका अनुसार मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । 

व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने मुद्दती खातामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशत सम्मको कर्जा लिन सक्ने बैँकले जनाएको छ । मुद्दती खाता खोल्ने ग्राहकको ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने र बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताबाट समेत लाभ लिन सक्ने बताईएको छ । 

“बैंक पनि, साथीपनि” भन्ने मुलनाराका साथ सेवा प्रदान गर्दै आईरहेको बैंकको हालसम्म देशभर १ सय ८५ शाखा सहित १ सय ८८ एटिएम रहेका छन् । यो बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र ५ हजारभन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५ हजार ३ सय ७८ भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved