नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 29, 2018 | 08:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकरी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन। कम्पनिको ६८ औं संचालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो। 

लन्डनबाट एसीसीए र काठमान्डू बिश्वबिद्यालयबाट ईएमबिए गरेका श्रेष्ठ बिगत २ बर्षदेखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गमा प्रमुख–ईन्भेष्टमेन्ट बैंकिङ्गको जिम्मेवारीमा थिए। 

श्रेष्ठसंग लन्डनमा अवस्थित विश्वकै पाँचौं ठुलो अडिट फर्म बिडीयो इन्टनेशनल लिमिटेडमा ट्याक्स फाइनान्स र अडिटमा रहेर काम गरेको अनुभव छ। नबिल आउनु अगाडी श्रेष्ठले लक्ष्मी क्यापिटलमा तीन बर्ष सिनियर म्युचुअल फन्ड म्यानेजरको रुपमा समेत काम गरेका थिए।      







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved