मुक्तिनाथ विकास बैंकको शाखा नेपालगञ्जको धम्बोजीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 03:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. ले नेपालगञ्जको धम्बोजीबाट सेवा सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिस्थित धम्बोजीमा शुक्रबार नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले शाखाको उद्घाटन गरे । 

शाखा उद्घाटन गर्दै बैश्यले साना उद्योग तथा उत्पादिनशील क्षेत्रमा लगानी बृद्धि गरि स्वदेशमै रोजगारीको अवसर सृजना गर्नसके देशको आर्थिक अवस्था मजबुत हुने बताए । उनले बैंक कृषि तथा उद्योग मैत्री हुनुपर्ने बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका उप–निर्देशक कमल प्रकाश कालाथोकीले बैंकले कर्जाको आवश्यकता पहिचान गरि सोही क्षेत्रमा लगानी गरि साना साना कर्जा प्रबाह गर्दै सबैलाई उद्यमी बनाउनु पर्ने बताए । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको नितिगत ब्यवस्था नै न्यून वर्गका जनताहरुको आय आर्जन उकास्ने र अर्थतन्त्रलाई सृदृढ बनाउने भएको बताए । उनले बैंकले काठमाडौँ उपत्यका भित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६६ वटा शाखा सहित कुल ७५ वटा शाखा कार्यालयबाट रेमिटान्स सेवा, सि–आस्बा तथा वित्तीय सेवा प्रावाह गर्दै आईरहेको जानकारी पनि दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved