सिद्धार्थ बैंकका तीन शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 01, 2018 | 05:27:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले इलामका विभिन्न तीन स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोकमा शाखा रहित सेवा सुरु गरेको हो । शाखारहित सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय स्तरमै सहज रुपमा बैंकिङ्ग सेवा लिन सक्ने बैंकको विश्वास छ । 

३ वटा शाखारहित बैंकिङ्ग सेवा सहित ३ एक्स्टेन्सन् काउन्टर सहित बैंकले देशभर १ सय वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय ८ एटिएम मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved