तीन पाङ्ग्रे सवारी खरिदमा माछापुच्छ्रे र सिभिल बैंकले ७० प्रतिशत लगानी गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 06, 2018 | 10:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन पाङ्ग्रे सवारी साधन ‘पियाजियो’मा लगानी गर्नमा लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा बिबेक अटोमोबाइल्स बीच सम्झौता भएको छ।दुवै बैंकले कर्जा कार्यक्रमको सीमालाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्ससँग सम्झौता गरेको जनाएका छन।

उक्त सम्झौता पत्रमा विवेक अटोमोबाइल्सका तर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य र माछापुच्छ्रे बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन्।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीन पांग्रे सवारी साधन प्रयोग हुन्छ। उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ।

यस सम्झौता अनुसार बैंकहरुले इटालियन ब्रान्डको तीन पांग्रे सवारी साधन ˈपियाजियोˈ लाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन्।उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजना गर्न सहज भएको विवेक अटोमोबाइल्सका कार्यकारी निर्देशक विवेक दुगडले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved