नयाँ बर्षमा माछापुच्छ्रे बैंकको ‘क्यास ब्याक अफर’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 12:27:26 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले नयाँ वर्षको अवसरमा बैंकबाट जारी भएका भिसा चिपबाट सामान खरिद गर्दा ‘क्यास ब्याक अफर’ सार्वजनिक गरेको छ । बैंकबाट जारी भएका डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा बील रकमको १० प्रतिशतले बढीमा १ हजार रुपैयाँसम्म ग्राहकको खातामा फिर्ता हुनेछ ।

यति पटकसम्म मात्रै कारोबार गर्न पाउने भनी कुनै सीमा नभएको र हरेक खरिद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने र फिर्ता भएको समे रकम महिनाको अन्तिममा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।

यो अफर चिप कार्डमा मात्रै लागू भएकोले चिप कार्ड नभएका ग्राहकलाई आफ्नो कार्डलाई चिप कार्ड बनाउन आग्रह गर्दै बैंकले नयाँ वा पुराना सबै ग्राहकले बैंकको जुनसुकै शाखाबाट चिप कार्ड पाउने व्यवस्था गरिएको जनाएको छ । बैंकले हाल ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटीएम, १४ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved