धादिङको गल्छीमा कामना सेवा बैंक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 03:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले धादिङको गल्छी गाउँपालिकास्थित गल्छी वजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ४२ औं शाखा हो । पोखराबाट गत महिना केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण गरेको बैंकले आगामी एक महिना भित्र गाउँपालिका सहित देशका विभिन्न १६ स्थानमा शाखा सञ्चालन गर्ने जनाएको छ । कारोबार सुरु भएको अवसरमा बैंकले शुभारम्भ बचत खातामा ८.५ प्रतिशत र १ सय ८० दिने मुद्दतिमा १२ प्रतिशत वार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । 

३ अर्ब अधिकृत पूजी र २ अर्ब ६ करोड चुक्ता पूंजी रहेको बैंकको निक्षेप करिब १४ अर्ब १ रुपैयाँ करोड रहेको छ । हालसम्म १३ अर्ब ८ करोड कर्जा लगानी गरेको बैंकले पौष मसान्तसम्म २१ करोड ३७ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved