हिमालयन बैंकलाई आइएफसीले ऋण दिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 16, 2018 | 11:59:38 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकलाई विश्व बैंक समुह अन्तर्गतको आएफसीले ऋण प्रदान गर्ने भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र आइएफसीका तर्फबाट प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गरे।   

नेपाल राष्ट्र बैंकले बिदेशी मुद्रामा ऋण ल्याएर परिचालन गर्न सक्ने बाटो खुला गरेपछि नेपालका बाणिज्य बैकहरुले बिदेशी बैकबाट कर्जा लिने प्रक्रिया अगाडी बढाएका हुन। यसैक्रममा हिमालयन बैंक र आइएफसीबीच साना तथा मझौला व्यवसायमा लगानी गर्नेगरी ऋणसम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

सम्झौताअनुसार बैंकलाई आवश्यक कोष कर्जा स्वरुप आइएफसीले कर्जा उपलव्ध गराउनेछ। सो कर्जा बैंकले महिला उद्यमीहरुको साना तथा मझौला व्यवसाय स्थापना, संचालन र प्रवद्र्धनका लागि परिचालन गर्नेछ।

यस अघि नै एनएमबि र एनआईसी एसियाले बिदेशी मुद्रामा ऋण ल्याएर परिचालन गर्नका लागि प्रक्रिया अगाडी बढाईसकेका छन। बिदेशी बैंकबाट ऋण ल्याउनका लागि यी बैंकहरूले राष्ट्र बैंकमा आबेदन दिइसकेका छन।  

पछिल्लो केहि समययता नेपालको वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको अभाव निरन्तर रहेपछि त्यसको समाधानकै एक उपायको रुपमा राष्ट्र बैंकले यहाँका बैंकहरुलाई बिदेशी मुद्रामा ऋण ल्याएर परिचालन गर्न सक्ने निर्णय गरेको हो। 

राष्ट्र बैंकको सो निर्णयले करिब ७५ देखि ८० अर्ब रुपैयाँसम्म विदेशबाट ल्याउन सकिने देखिएको बैंकका अधिकारिहरुले बताएका छन। राष्ट्र बैंकले  बिदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले जारि गरेको सूचनामा लाईबर अर्थात लन्डन इन्टर बैंकिङ दरमा ३ प्रतिशत जोडेर हुने गरि आउने अधिकतम सिमाभित्र रही त्यस्ता ऋणको ब्याजदर निर्धारण हुनुपर्ने अनि तोकिएका निश्चित क्षेत्रमा मात्र लगानी गर्नुपर्ने उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved