स्नातक उत्तीर्णलाई राष्ट्र बैंकको 'गिफ्ट', अब सीइओ वा संचालक हुन पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 24, 2018 | 08:19:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थामा स्नातक उत्तीर्णलाई पनि संचालक र प्रमुख कार्यकारी अधिकृत बन्ने बाटो खुला गरिदिएको छ। बैंकले  बैंक तथा वित्तीय संस्थाको संचालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता संसोधन गरि संचालक वा सीइओंको हकमा स्नातक वा सो सरहको उपाधी मान्य हुने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवाश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड ख को उपखण्ड इ लाई संसोधन गरेको हो। यस अघि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ मा सञ्चालक वा सीईओले स्नातकोत्तर पास गरेको हुनुपर्ने व्यवस्था थियो।   

एक बाणिज्य बैंकमा कार्यबाहक सीईओ रहेका चार्टड एकाउन्टेन्ट उत्तीर्णलाई प्रमुख कार्यकारी बन्ने बाटो खोल्न राष्ट्र बैंकले यस अघिको व्यवस्था संसोधन गरेको हुन सक्ने अनुमान गरिएको छ।    





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved