राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु

चुक्ता पूँजी साढे ९ अर्ब, कुल सम्पत्ति झण्डै २ खर्ब
निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 02:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको दुई बैंकहरु राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक मर्ज भएका छन् । यी दुई बैंकले बुधबारदेखि राष्ट्रिय वाणिज्य बैंकको नाममा एकीकृत कारोबार सुरु गरेका छन् । बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले दुई बैंकको एकीकृत कारोबारको सुरु गरेका हुन् । 

गाभिएपछि बैंकको १९१ शाखा कार्यालय, चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्ब ३० करोड ५६ लाख र कुल सम्पत्ति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड ६३ लाख, कर्जा तथा सापट १ खर्ब, १५ अर्ब ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ भएको छ । 

कार्यक्रममा अर्थमन्त्री खतिवडाले दुई सरकारी बैंक गाभिएपछि वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने बताए । उनले वित्तीय क्षेत्रमा हुने अपराध सरकारलाई सहृय नहुने भन्दै गलत काम गर्ने जो कोहीलाई सरकारले कारबाही गर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा काम गर्नुपर्ने सुझाव दिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई बैंक गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आउने र यसले गुणात्मकतामा वृद्धि ल्याउने बताए । उनले बैंकको पूँजी बृद्धि भई देशको समग्र अर्थतन्त्रलाई सकारात्मक योगदान पुग्ने बताए ।

२०१६ साल असार १ गते देशको औद्योगिक विकासमा योगदान र्पुयाउन भन्दै सरकारले विशेष ऐन अन्तर्गत नेपाल औद्योगिक विकास निगम अर्थात हालको एनआईडीसी डेभलपमेण्ट बैक स्थापना गरेको थियो । त्यस्तै २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत वाणिज्य बैंक स्थापना गरिएको थियो । सरकारले गत २०७३ माघ १४ गते यी दुई सरकारी वित्तीय संस्थालाई गाभ्ने निर्णय गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved