मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक छनौट

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 03:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंक बीच मुख्य सदस्यता सम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालन गर्न अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएपछि मात्र काम गर्न सक्नेछन् । 

यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुने बैंकको विश्वास छ । बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved