ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्पयुटर सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 05:46:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि. ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

बैंकले सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको उपस्थितीमा बिहिबार भुवनेश्वर माध्यमिक विद्यालयमा र बुधबार घटाल माध्यमिक विद्यालयमा ५/५ थान कम्प्युटर प्रदान गरेको हो । 

यसैबीच बैंकले मिति बुधबार देखि बैतडीको सुरेना गाउँपालि मोतीनगरमा आफ्नो ८५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले हाल १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved