मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच राजस्व भुक्तानी सम्बन्धि सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 02:59:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्लियरिङ्ग हाउस लि. बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । मुक्तिनाथ बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत NCHL-ECC (Electronic Cheque Clearing) र NCHL-IPS (Interbank Payment System) का सुविधाहरु बैंकको सबै शाखाबाट सेवा लिन सकिनेमा यस connectIPS e-Payment प्रणाली मार्फत बैंकको ग्राहकहरुले अनलाइनबाट नै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट  कारोवार गर्न सक्नेछन् ।

यसका लागि अनलाईन मार्फत आफ्नो ग्कभच क्ष्म बनाउने र बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंक मार्फत एक पटक रुजु गराउनु पर्ने हुन्छ । यस सेवा मार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved