जनता बैंकको शाखा रोल्पाको थवाङमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 04:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ शाखाबाट कारोवार सुरु गरेको छ । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो । यो शाखाले थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्नेछ । 

जिल्लाको विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा सहजता आउने बैंकले विश्वास लिएको छ । यस सँगै बैंकको शाखा सञ्जाल ११७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved